समाचार लेखेको भन्दै पत्रकार झा माथी आक्रमण

  |

समाचार लेखेको भरमा  धनुषामा एक  पत्रकार माथी हमला भएको छ । रेपोर्टिङका क्रममा समाचार संकलन गरि प्रकाशन गरेको भन्दै पत्रकार मौसम झा माथी नगर पालिकाको कार्यकक्षमा  कुटपिट तथा दुव्र्यवहार भएको छ ।

केही दिन अगाडि धनुषाको बिदेह नगरपालिकामा  आर्थिक अनिनियमित्तता भएको खबर प्रशारण भए पश्चात् उनी माथी नियोजित रुपमा नगर प्रमुखले आक्रमण गरेको उनले समाजिक संजालमा जनाएका छन्  ।

यता पत्राकारको सुरक्षा नभएको भन्दै  पत्रकार झाको बारे सत्य तथ्य सर्बजनिक गरि दोषी माथी यथासिघ्र कार्बाही गर्न पत्रकारहरुले माग गरेका छन्  ।