क्षीरेश्वरनाथमा राष्ट्रिय सेवा दलको तालिम शुरु

  |

धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाका -५ मा  विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दलको तालिम प्रदान गरिएको छ । नगरपालिका स्थित क्षिरेश्वरनाथ मा.वि मा  विद्यार्थीहरुलाई  सिनियर डिभिजन-१७को राष्ट्रिय सेवा दलको तालिम प्रदान गरिएको छ ।
श्री श्रीनाथ गणका निमित  गण प्रमुख – सेनानी राजा राम श्रेष्ठ को प्रमुख आतिथ्यतामा बिहिवार  तालिमको सुरु गरिएको हो । तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उच्च अनुशासित तथा रास्ट्रप्रति वफादार  रहि कार्य गर्न यस तालिमले सहयोग गर्ने सेनानी श्रेष्ठले  बताए ।

अनुशासित बफादार, इमानदारिता र राष्ट्रिय भावनाको विकास गराउनुको साथै नेत्तृत्व विकास गराउनु यस तालिमको मुख्य उद्देश्य रहेको छ,’ तालिमको बारेमा जानकारी गराउँदै उनले भने, ‘ सिकाएको कुरालाई विद्यार्थीहरुले अनुशासित भएर पालना गर्नुपर्नेछ ।’ ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’, यस तालिमको मूल नारा भएकाले विद्यार्थीहरुले अनुशासित भइ तालिम गर्नु हुने   उनले बताए ।

तालिममा विद्यार्थीहरुले सिकेको सीपलाई सदुपयोग गर्दै भविष्यमा विपदको समयमा आएका चुनौतीलाई सामना गर्दै स्वयंमसेवकको भूमिका निर्वाह गर्न सकिने उनले जानकारी दिए ।
कार्यक्रममा सार्बजनिक गुठीका अध्यक्ष डा .सन्तोष गिरि , सदस्य प्रदिप साह  , बिद्यालयका प्राध्यानाध्यापक  बाबू साहेब यादब साथा बिधालयका शिक्षक तथा अभिभावक सहभागी थिए ।

सिनियर तर्फको तालिममा १८ जना छात्र र १८ जना छात्रा सहभागी भएका छन ।