
धनुषाको क्षिरेश्वरनाथ -४ हरैयामा के सि हस्पिटलले निःशुल्क एक दिने स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । आर्थिक अवस्थाले कमजोर भएका ब्यक्तीलाई लक्षित गरि अस्पतालले स्वास्थ शिबिर सञ्चालन गरेको हो ।स्वास्थ शिबिरबाट सय जना भन्दा अधिकले लाभ लिएका छन् ।
केसि हस्पिटल एण्ड डाइग्नोसिस प्रालिका प्रमुख उमेश जैसवालका अनुसार अस्पतालले न्यून आर्थिक अवस्था भएकाको उपचार गर्न यस शिबिर प्रभाबकारी रहेको बताएका छन् ।
“हामी यस क्षिरेश्वरनाथ नगरपालिका भित्रका सम्पूर्ण वार्डमा शिबिर गर्दै छौ , हाम्रो शिबिरबाट अधिकतम फाइदा सर्बसाधरणले लिंदै गरेका छन् ” एम डि जैसवालले बताए ।
यस अस्पतालले क्षिरेश्वरनाथ भरिका वार्डमा शिबिर सञ्चालन गरिरहेको छ ।यता , गरिबहरुका लागि अस्पतालमा एउटा वार्डमा २०-३० वटा सम्म ´सब्स्क्रीप्सन कार्ड` प्रदान गर्दै गरेको जनाएको छ ।यस कार्ड प्राप्त गरे पश्चात् न्यून सहुलियतमा औषधि उपचार गर्न सकिनेछ ।हाल यस आस्पतालमा सम्पूर्ण ल्याब सुबिधा रहेको साथै चौबीसै घण्टा इमर्जेन्सी सुबिधा रहेको अस्पतालले जनाएको छ ।