महेन्द्रनगरमा नगर स्तरिय अन्तर विद्यालय हाजिरि जवाफ प्रतियोगिता शुरु

  |

महेन्द्रनगर,
धनुषाको  क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित नगर स्तरिय अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगिता आइतबारबाट  शुरु हुने भएको छ  । दुधमती मिडिया प्रा.लि. द्धारा संचालित दुधमती एफ.एम.१०४ मेगाहर्ज र दुधमती नेटवर्क द्धारा संचालित दुधमती टेलीभिजन द्धारा यही मिति २०७९ भाद्र १२ गते देखि क्षिरेश्वरनाथ नगरपालिका भित्र रहेको कक्षा ५ देखि १० सम्मको विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सहभागी गराउने गरी हुन लागेको प्रतियोगितामा जम्मा १६ ओटा विद्यालय सहभागी जनाएको व्यवस्थापन समितिका अध्यक्ष अनिल कुशवाहाले जनकारी दिएका छन । व्यवस्थापन समितिका अध्यक्ष कुशवाहाका अनुसार बिद्यार्थीमा रहेको ज्ञानको क्षमतालाई उजागर गर्न यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ । बिगतमा पनि यस किसिमको कार्यक्रम हामिले गरेको हो ,यसले बिद्यार्थीलाई ज्ञानको क्षमता बढाउन निकै प्रोत्साहन गरेको छ । दुधमती एफ.एम.१०४ मेगाहज, दुधमती टेलिभिजनको फेसबुक पेज, enewsofnation.comको फेस बुक पेज रwww.dudhmatifm.com बाट एक साथ प्रत्यक्ष प्रसारण हुने गरी संचालन हुनलागेको कार्यक्रममा कार्यक्रम  उदघोषकको रुपमा रोहित खनाल, प्राविधिकमा कृष्ण यादव, सहयोगीमा सुरेश प्रसाद सिंह, उषा थापा, बुद्ध लामा र विशेष सहयोगमा व्यवस्थापन समितिका अध्यक्ष रहने कुशवाहाले जनकारी दिए । साथै प्रतियोगिता पुर्ण निष्पक्षा रहने भएकोले कुनै किसिमको आशंका भएमा व्यवस्थापन समितिका अध्यक्ष सँग सम्पर्क गरी विशेष जनकारी र आफनो गुनासो राख्न सकिने बताएका छन् । यता बिद्यालयहरुले पनि यस किसिमको कुनै कार्यक्रम नगरमा नभएको र हाल दुधमती मिडिया प्रा.लि.ले यस्ता कार्यक्रम हुनु सरहनिय भएको प्रतिक्रिया दिएका छन् ।