महेन्द्रनगरको लागि कालो दिन त्यो ……

  |

आजभन्दा १८ वर्षअघि अर्थात् १६ भदौ २०६१ मा उग्रवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ जना नेपालीलाई विभत्स रूपमा हत्या गरेको भिडियो सार्वजनिक भएपछि देशभर विरोध प्रदर्शन भयो। काठमाडौं उपत्यकामा कर्फ्यू जारी गर्नुपरेको थियो।
रोजगारीको खोजीमा इराक पुगेका १२ नेपाली ४ भदौमा आतंककारीको अपहरणमा परे। बन्धक बनाएपछि एकजनाको घाँटी रेटेर र बाँकी ११ जनाको गोली प्रहार गरी हत्या गरेको थियो।सो घटनामा धनुषा महेन्द्रनगरका पनि युबा थिए ।