
साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरूआत गरेको छ ।स्कटिस क्लब सेल्टिकमाथि उसकै मैदानमा ३–० को सहज जित निकाल्दै कीर्तिमानी १४ पटकको च्याम्पियन रियलले सानदार सुरूआत गरेको हो।
रियलको जितमा भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले गोल गरे। सेल्टिक पार्क ग्लास्गोमा मंगलबार राति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा थप आक्रम देखिएको रियलले तीन गोल गर्यो।
खेलको ५० औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाए। यस्तै ६०औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियलको अग्रता दोब्बर पारे।