गोमन सर्पको टोकाईबाट एक मजदुर महिलाको मृत्यु

  |

लालबन्दी, भदौ २५ । सर्लाहीको हरिवनमा शुक्रवार दिउँसो गोमन सर्पको टोकाईबाट एक मजदुर महिलाको मृत्यु भएको छ ।

हरिवन नगरपालिका ११ का भिम प्रसाद दाहालको घरमा ठेकेदारसँग लेबर काम गर्ने सोहि ठाउँकी ३५ बर्षकी श्याम कुमारी महतोलाई गोमन सर्पले टोकेको थियो । काम गर्ने क्रममा सर्पले टोकेपछि महतोलाई उपचारका लागी लालबन्दी १ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागी ल्याईएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि जनकपुर रेफर गरिएको थियो ।

उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति ११ बजेतिर ज्यान भएको र उनको शव परिवारले बुझि लगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी बिजय यादवले जानकारी दिनुभयो