एसिया कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाको पोल्टोमा

  |

एसिया कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ। आइतबार युएईको दुबईमा भएको फाइनल भिडन्तमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका एसिया कप च्याम्पियन बनेको हो।

श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा  १४७ रनमा अलआउट भयो।

पाकिस्तान कप्तान बाबर अजाम ५ रनमा र फखर जमान शून्यमा आउट भए। पाकिस्तानले चौथो ओभर चल्दा महत्वपूर्ण दुई विकेट गुमाएको थियो। दुवैलाई प्रमोद मदुशनले आउट गरेका थिए।

त्यसपछि मोहमद रिजवान र इफ्तिखर अमहदले पाकिस्तानको रन स्कोर उकासे। अहमद ७१ रनको साझेदारी गरेपछि १४औं ओभरमा ३२ रन जोडेर आउट भए। यसपटक पनि प्रमोदले नै श्रीलंकालाई सफलता दिलाए।

दुई ओभरपछि रिजवान ५५ रनमा आउट भए। उनले ४९ बलमा ४ चौका र १ छक्का हिर्काए।  त्यसपछि पाकिस्तानले लगातार विकेट गुमाउदा श्रीलंका जित नजिक पुगेको थियो