दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने।

  |

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जसको कारण देशभर सामान्य  बदली  रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
मंगलवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

<span;>देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको विभागले जनाएको छ ।