२०७९/५/२८ महेन्द्रनगर , धनुषाको महेन्द्रनगरमा नेपाल बैंक लिमिटेडको स्थापना सँगै यस बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ स्किम जारी गरेको छ ।नेपालीहरुको महान चाड दशैं,तिहार र छठ पर्बको अवसरमा नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाले मुद्दती खातामा आकर्षक योजना साथै ड्बल धमाल स्किम शुरू गरेको हो ।
बितिय क्षेत्रमा अधिक ब्याज पाउने होडबाजीले सावाँ नै गुम्ने त्रासका बीच सर्बाधिक पुरानो र बिश्वासिलो रुपमा परिचीत यस बैंकले निक्षेपमा अधिक ब्याज साथै न्यून ब्याज दरमा कर्जा प्रबाह गर्ने गरेको महेन्द्रनगर शाखाका प्रबन्धक अभिषेक झाले जनाएका छन् ।
व्यापारी , बिद्यार्थी , किसान सबैको आर्थिक बिकास हेतु यस बैंकले शुरु देखि नै कदम चालेको हुँदा यसको नाफा मात्र कमाउनु मनसाय नरहेको प्रबन्धक झाले बताए।
हाल यस बैंक पुर्ण रुपमा आधुनिक भै सकेको छ ।
के हो डबल धमाल अफर ?
नेपाल बैंक लिमिटेडले नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ बर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ ।
त्यसैगरी, रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ५ बर्ष ११ महिना २ दिनमा दुई गुणा हुनेछ ।
यो मुद्दती खाता खोल्ने ग्राहकहरुले रु. ५ लाखसम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्रदान गरेको छ ।