रवीन्द्र मिश्रले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरियता पाउने

  |

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरियता पाउने भएका छन् ।

विवेकशील साझा पार्टीको बृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच जारी एकता बैठकहरुले मिश्रलाई लिङ्देनपछिको वरियता दिँदै एकता टुंग्याउने सहमति नजिक पुगेका हुन् ।

मिश्रको पद भने उपाध्यक्ष नै हुनेछ । उनले यसअघि गर्दै आएको सहअध्यक्ष पदको दावीबाट पछि हट्ने संकेत दिएका छन् । हालसम्मको समझदारी कार्यान्वयन भए उनी हाल रहेका ६ उपाध्यक्षभन्दा माथिल्लो वरियतामा देखिनेछन्

स्रोतका अनुसार असोज पहिलो साता प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी घोषणा गर्नुअघि यो प्रक्रियाले औपचारिकता पाउनेछ । एकता प्रक्रियामा मिश्रसँग को–को सहभागी हुने भन्ने स्पष्ट भइसकेको छैन । कतिपयले मिश्र राप्रपामा प्रवेश गर्न लागेको भनी चर्चा गरे पनि उनी निकटस्थले यो दुई पक्षबीचको एकता प्रयास नै भएको दाबी गरेका छन् ।