म माथी झुटा लाल्छना लागाइयो -अध्यक्ष सानाकिसान कृषि स सं हरिहरपुर

  |

साना किसान कृषि सहकारी संस्था हरिहर पुरका अध्यक्ष राम कुमार महतोले आफूलाइ संचालक समितीको अध्यक्षबाट हटाइएको कुरा निराधार भएको जनाएका छन् ।

आज पात्रकार सम्मेलन गर्दै उनले केही जनाको दबाबमा आफू माथी पैसा खाएको आरोप लागेको जनाएका छन् ।

सुरेन्द्र बाहादुर बुलन्द ,जोगि महतो र निमित्त प्रबन्धक ललिता महतोको आर्थिक चलखेलको कुरा उजागर र अनुसन्धान गर्न खोज्दा आफु माथी अबिश्वासको प्रस्ताब ल्याइएको उनले जनाए ।

केही दिन अगाडि आफुलाइ हटाइएको र ताला लगाइएको भन्ने कुरा सरासर गलत रहेको उनले प्रतिक्रिया दिएका छन ।
आफु हरुले खाद्दको डिलर लिएको तर समयमा खाद्द उपलब्ध गराउन नसकेको कारण सर्बसाधरणले ताला लगाएको बताएका छन् । यसमा आफ्नो नाम साजिस अनुसार जोडिएको उनको धारणा छ ।

´ मलाइ हटाउन संचालक समितीले हैन १५०० शेयर धनीले मात्र हटाउन सक्द्छ त्यसैले यो प्रक्रिया नै गलत छ । ` अध्यक्ष महतोले बताए ।

यधपी आफू माथी आबिश्वासको प्रस्ताब मात्र राखिएको तर कतै नहटाइएको उनले जिकिर गरे ।

संचालक समितीले दिनेश कार्की नामको एक फर्जी ठेकदार कायम गरेर उनि सग पैसा लिएको र आफुलाइ उक्त ब्यक्तिले तारन तार फोन गरेको अध्यक्ष महतो बताउछन् ।यता यस बारे आफू अन्जान रहेको भन्दै उनले अनुसन्धान गर्न खोज्दा यो सब बखेडा भएको हो उनले बताए ।
दूध डेरि संचालन गर्न विभिन्न दात्रृ संस्था सग हार गुहार गरेर ल्याउन लागेको एक करोडमा पनि संचालक समितीले काम गर्न नदिएको उनको जिकिर रहेको छ ।

यता यस कुरा सगै हाल सानाकिसान कृषि सहकारी हरिहपुरका काम अनिश्चित कालका लागि बन्द भएकोछ ।