धनुषाको क्षिरेश्वरनाथ नगरपलिकाका नगर प्रमुख सुकदेव यादबले आफुहरुलाई बिपक्षी पार्टीले सहयोग नगरेको जनाएका छन् । नगरपालिकामा पत्रकार सम्मेलन गर्दै बिपक्षी कांग्रेसको कारण दशैंको मुखमा खाता संचालन नभएको कारण कर्मचारीलाई तलब खुवाउन समेत बाधा गरेको जनाएका छन् ।
हाल खातामा पैसा नभएकाले बजेट भएर पनि नगरपलिकाको दैनिक कामकाजमा प्रत्यक्ष असर परेको बताएका छन् ।
आर्थिक ठप्पताले नगरपालिकाको फोहोर उठाउन देखि ईन्टरनेटको बिल तिर्न समेत गार्हो भएको बताए ।
जितेर आइसके पछि पार्टी भन्दा समग्र नगरपालिकाको प्रतिनिधित्व हुनु पर्नेमा त्यस्तो व्यबहार बिपक्षीले नगरेको प्रती दुखेसो ब्यक्त गरेका छन् ।
त्यस्तै नगरपालिकाका प्रशासकीय प्रमुख कन्हैया मिश्रले राजनीति खिचातानिमा कर्मचारीलाई पार्न नहुने बताएका छन् ।
कर्मचारीको जिबिकोपार्जन नै तलब भएको हुँदा यसमा ध्यान दिन आग्रह गरे ।
यता , करारका कर्मचारीको स्थापनको बिषयमा केही करारका कर्मचारी नगरपालिकाका कामकाजमा अयोग्य रहेकाले त्यस्ता कर्मचारी राख्न नसक्ने जनाएका छन् ।