
नेपाल बैंक लिमिटेडले दशैंको उपलक्ष्यमा नयाँ नोट साट्हि गर्ने भएको छ ।दशैँलगायतका चाडपर्वका लागि नयाँ नोट असोज ५ बाट साट्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ।यो सेवा धनुषाको महेन्द्रनगरबाट समेत प्रदान गर्न लागिएको बैंकले जनाएको छ ।
चाँडपार्बमा पुराना नोट भन्दा नयाँ नोटमा सर्बसाधारणको आकर्षण बढी देखिने हुँदा नेपाल बैंक लिमिटेडले सटहीको ब्यबस्था मिलाएको धनुषा महेन्द्रनगरका प्रबन्धक अभिषेक झाले बताए ।
यता , बैंकले डबल धमका मुद्दती खाता अन्तर्गतका विभिन्न स्किमका समय अबधी परिबर्तन भएको जनाएको छ ।डबल धमका मुद्दती खाता ब्यक्तिगत अन्तर्गत ५ बर्ष ९ महिना २९ दिन
डबल धमका मुद्दती खाता संस्थागत अन्तर्गत ७ बर्ष २ महिना र
डबल धमका मुद्दती खाता रेमिटेन्स अन्तर्गत ५ बर्ष ५ महिना रहेको बैंकले जनाएको छ ।