धनुषाको महेन्द्रनगरमा आज कांग्रेसले रास्ट्रपतिको कदम विरुद्ध बिरोध जनाएको छ ।आज भएको बिरोध कार्यक्रममा बोल्दै कांग्रेसले एमालेको कारण रास्ट्रपतिले नागरिकता बिधेयक प्रमाणिकरण नगरेको जनाएको छ ।
एमालेको कारण सयौं नागरिक अनागरिक भएको र यसले मधेसि जन्ताको भावना नसमेटिएको क्षिरेश्वरनाथ नगरपालिकाका उप मेयर तथा कांग्रेस प्रदेश सदस्य रचना माथेमाले बताएकि छन् । उनले स्थानिय निकायमा समेत एमालेले कांग्रेसको नाम जोडेर बिकास गर्न नदिएको आरोप लगाए ।साथै कांग्रेसले नगरपालिकाको काममा सहयोग प्रदान गर्न तत्पर भए पनि एमालेले सहयोग लिन तयार नभएको उप मेयरले बताइन ।
यता , क्षेत्रीय सभापति कुम्मरकान्त झाका अनुसार मधेसमा मात्र नभै पहाडमा पनि नागरिकताको समस्या रहेको भन्दै एमालेलाई भोट दिन पुर्ब मधेसी जन्ताको हात काप्नु पर्ने बताए ।
नगर सभापति लालबाबू यादबले रास्ट्रपतिको कदमले मधेशी जनताको अधिकारमा अन्तरघात गरेको बताए । एमाले बाट निर्बचित मेयर यादबले नगर पालिकालाई मौखिक आदेशको भरमा चलाउन खोजेको हुँदा नगरपालिकाको बहुमत कार्यपालिका सदस्यले कार्यपालिकाबाट निर्णय गराउन भनेपछी बिबाद उत्पन्न भएको जस्ले गर्दा खेरी नगर परिषद सम्पन्न नभइ बजेट समेत पारित हुन नसकेकोले नगरको काम काज ठप्प भएकोबताए ।
बिरोध र्याली पार्टी कार्यालयबाट शुरु भै सखुवा चोकमा कोणसभा गरेको थियो ।