धनुषाको महेन्द्रनगरमा नगर स्तरिय अन्तर बिधालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।करिब एक महिना लामो समय संचालित महेन्द्रनगरको दुधमति एफ एमद्वारा प्रसारित कार्यक्रम ´नगर स्तरीय अन्तर बिद्यालय हाजारी जवाफ प्रतियोगिता`को मंगलबार पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो ।
बिद्यार्थीको ज्ञानको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ संचालित उक्त कार्यक्रममा नगरपालिकाका १६ बिद्यालय सहभागी रहेका थिए ।
कार्यक्रम पहिलो देखि चौथो राउण्ड सम्म २२ एपिसोडमा संचालित भएको सो कार्यक्रम मधेस प्रदेशमा संचालित सर्बाधिक लामो समय सम्म संचालित कार्यक्रम हो ।
क्षिरेश्वरनाथ नगर पालिकाका प्रमुख सुक देव यादवको प्रमुख अतिथ्यमा सुरु भएको कार्यक्रममा नेपाली सेना सेनाका मेजर श्री श्याम बिक , पूर्ब जिल्ला समन्वय समितिका प्रमुख राम देब बनरेत यादब , समाज सेवि मित्रलाल गिरि, राम जानकी दाल बुट फ्याकट्रीका प्रमुख इश्वरी प्रसाद अधिकारी , विभिन्न वार्डका वार्ड अध्यक्ष नगर प्याब्सनका पदाधिकारी ,शिक्षा अधिकृत लगायत अभिभावक ,पत्रकार, सहभागी बिद्यालयका प्रमुख तथा प्रतिनिधि र विभिन्न सामजिक सेवामा प्रतिबद्ध ब्यक्तीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख सुक देव यादवले प्रथम स्थान हासिल गर्न सफल दर्शनिया रामेश्वर सिंह कुशवाहाका बिद्यार्थी शुकृत यादब र दीपशिखा मण्डल तथा दोश्रो स्थान हासिल गर्न सफल गंगोत्री बोर्डिङ स्कुलका प्रमोद भट्टराई र गुडिया महासेठलाई पुरस्कार बितरण गरेका थिए । त्यस्तै तृतिय स्थानका माबी इच्छापुरका दिपक कुमार साह र काजल कुमारि दास र चौथो स्थानका कृष्ण पासवान र ङ्गसा तामाङ लाई सान्तोना पुरस्कार साथै अन्य सहभागीलाई प्रमाण पत्र प्रदान गरियो ।
यता दुधमति एफ एमका म्यानेजिङ ड्याइरेक्टर अनिल कुशवाहले सञ्चार क्षेत्र पुर्ण रुपमा स्वच्छ र निस्पक्ष रहेकाले यसले मधेस प्रदेशमै कहिकतै गर्न नसकेको कार्यक्रम गरेको दाबी गरे ।
´हामीले मधेश प्रदेशमा सर्बाधिक लामो र शिक्षा मूलक कार्यक्रम संचालन गरेका छौं ,यस्ता कार्यक्रम आगामी दिनमा पनि संचालन हुनेमा हामी बिश्वस्त छौँ `, डाइरेक्टर अनिल कुश्वाहाले भने । एक महिना सम्म संचालित कार्यक्रमलाई रोहित खनालले संचालन गरेका थिए भने प्राबिधिक रुपमा कृष्ण यादबले सम्हालेका थिए ।त्यस्तै सहयोगी भूमिकामा बुद्ध लामा रहेकि थिइन ।(माछापुच्छ्रे बैंकको विशेष सहयोग तथा सिस्टमेटिक स्कुल महेन्द्रनगरको प्राइज सहयोग