
धनुषाको मिथिला नगरपालिका-६ ढल्केबर स्थित नमुना बचत तथा ऋण सहकारी संस्थाको नबौ वार्षिक साधरण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष नारायण बस्तोलाको अध्यक्षता तथा नगरपालिकाका प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्यमा सहकारिको साधारण सभा सम्म्पन्न भएको हो ।
समितीका उपाअध्यक्षमा श्री रमा कुमारी देवकोटा ,नमुना बचत तथा ऋण सहकारी संस्था संचालक समितीका सचिवमा श्री निर प्रसाद शर्मा, सदस्य श्री वद्रि विक्रम वानिया, श्री चन्द्र प्र बास्तोला , श्रीमति पवित्रा कुमारी पोखरेल ,श्री रित प्रसाद दाहाल, श्रीमति सरिता कुमारी तिमल्सिना रहेका छन् ।
सहकारिकाका अध्यक्ष नरायण बस्तोलाका अनुसार करिब सात बर्ष लामो कार्यकालमा आफुबाट केही कतै सहकारीको साख गिराउने काम नभएको जनाए ।उनले बिगतका दु:खका दिन सम्झदै माघको महिनामा २६ जना मिलि सहकारी दर्ता गराउन जादाको क्षण र उच्च मनबोलको परिणाम यस सहकारी आजरहेको बताए ।
कार्यक्रममा बोल्दै नगरपालिका नगर प्रमुख महेन्द्र महतो ले सहकारी भनेको नै हातेमालो गर्दै जाने भएकाले आज नमुना सहकारीमा हजारौ शेयर सदस्य संख्या रहेकोमा आफुलाइ खुसी लागेको बताए ।उनले यस सहकारीले बचत गर्न प्रहोत्सान गरेको बताउदै यस्ता सहाकारी आजको आबश्यक्ता रहेको बताएका छन् ।
यता,सहकारीको आगामी लक्ष्य अन्तरगत संस्थाको शेयर पुँजी रु २,२०,८०,७०० वाट बृद्धि गरि रु २,७०,००,०००१ पु-याउने ,संस्थाको कार्यक्षेत्र विस्तार सँगसंगै २ स्थानमा सेवाकेन्द्र विस्तार गर्दै १०५८ शेयर सदस्यबाट ४४२ सदस्य बृद्धिगरी १५०० पुर्याउने ,छरिएर रहेका निक्षेपलाई आकर्षक योजना ल्याई निक्षेप वृद्धिमा जोड दिईने ,विभिन्न वितिय संघ संस्थाहरुसंग समन्वय गरि कारोवारलाई वृद्धि गर्ने , यसै आर्थिक वर्षमा संस्थाले समूह बनाई सामुहिक दायित्वको आधारमा ऋण लगानी गर्ने , रेमिटान्स सेवा मार्फत सदस्यहरुलाई सेवा विस्तार गर्ने कार्य अविलम्ब गर्ने,संस्थाले गर्ने सामाजिक दायित्व अन्तरगत रक्तदान कार्यक्रम आँखा र दाँतसम्म निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गर्ने रहेको अध्यक्ष बास्तोलाले जनाएका छन । थपमा यस आर्थिक वर्षमा सदस्यहरुलाई प्रोत्साहन गर्न सहकारी शिक्षा कार्यक्रम सदस्य कार्यक्रम र वित्तिय साक्षरता कार्यक्रम संचालन गर्ने लगायतका योजना रहेको बताएका छन् ।
कार्यक्रममा नगरपालिकाका उप प्रमुख सुनिता सिंह बुढाथोकी ,पुर्ब उप प्रमुख तारा कुमारी बस्नेत ,जिल्ला बचत संघ धनुषाका अध्यक्ष तथा रास्ट्रिय सहकारी बैंकका संचालक धुर्ब नारायण यादव ,मिथिला नगरपालिकामा न. ६ श्री नन्द किसोर यादब,मिथिला नगरपालिका वडा न. ७ का वडाध्यक्ष एवम संस्थाका कोषाध्यक्ष श्री राम बहादुर स्यङ्दन , मिथिला नगरपालिका वडा नं.५ का वडा श्री राम चन्द्र महतो , ईलाका प्रहरी कार्यालय, ढल्केवर का प्रमुख श्री राम सागर सिंह ,मिथिला नगरपालिका सहकारी शाखा प्रमुख श्री उमेश कुमार महतो , नेपाल शिक्षक संगठन का केन्द्रिय सदस्य, आदर्श माविका प्रअ तथा संस्थाका शेयर सदस्य हरि प्रसाद काफ्ले ,श्री महेन्द्र मा वि ढल्केबरका प्रअ श्री राम कुमार महत्तो लगायतको उपस्तिथि रहेको थियो ।
यता,उत्कृष्ट बचत कर्तालाई सम्मान गरिएको छ । जसमा कारी देवि साह,लक्ष्मी कुमारी लामा,अजय चौधरी,आनन्द कुमार हेन्जन,चन्द्र माया मोक्तान,राम उदगार महतो,काजी बहादुर कोईराला,अरुण कुमार साह,सुन्दर बुढाथोकी,राम भरोस ठाकुर सोनार,भोला तिमल्सीनालाई सम्मान गरिएको थियो ।
त्यस्तै महेन्द्र माबीका ढल्केबरका १२ जना साथै श्री रास्ट्रिय अधारभुत माबी केमली पुरका १२ जना शैक्षिक सामग्री बितरण गरिएको छ । कार्यक्रममा उत्कृष्ट मासिक बचत कर्ता र असल ऋणी शेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।कार्यक्रममा संस्थाको आयब्याय तथा लगानिका क्षेत्रबारे जानकारी गराइनुका साथै कार्यक्रममा संस्कृतिक कार्यकममा सहभागी बिधालयका बिद्यार्थीलाई सम्मान गरिएको थियो। आगन्तुकलाई माला र मायाको चिनो प्रदान गरिएको थियो ।