राप्रपाको पार्टी कार्यालय महेन्द्रनगरमा स्थापना

  |

धनुषाको महेन्द्रनगरमा राप्रपाको पार्टि कार्यालयको स्थापना भएको छ । क्षिनपा -५ महेन्द्रनगरको दुर्गा मन्दिर नजिक उक्त पार्टीको कार्यालय स्थापना भएको हो।

आँउदै गरेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन लक्षित गरि राप्रपाले कार्यालय स्थापना गरेको हो ।

नगर अध्यक्ष शंकर चौधरीको अध्यक्षता तथा प्रमुख अतिथी रामचन्द्र यादब तथा विशिष्ट अथिती अनुरुद्ध यादव  र कपलेश्वर  महतो (प्रधान )को अतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा हालको चुनाबी  तयारी तथा पार्टीलाई कसरी मजबुत गर्ने विषयमा छलफल  भएको पार्टी कार्यालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै धनुषा  प्रतिनिधि सभा४ (क)का उम्मेद्वार  अनिरुद्ध यादबले आउदो चुनाबमा पार्टीले  बहुमत ल्याउनेमा कुनै संकोच नरहेको जनाएका छन्  ।

यस्तै कार्यक्रममा बोल्दै धनुषा प्रदेश सभा ( ख )उम्मेद्बारी कपलेश्वर  महतो (प्रधान)ले राप्रपाको सिधाान्त अन्य पार्टी जस्तै एकै न्रहेको जनाएका छन्  ।अन्य पार्टिले नागरिकता मात्र जोड्ने गरेको हुँदा उनी हरुको सिधाान्त बिफल भएको तर्क गरे ।स्थानीय तहको चुनाबमा हर्क र बालेनको आगामन कसैले नसोचेको तर भएको उदाहरण दिदै महतोले चुनाब जन्ताको मनको चुनाब भएको बताएका छन्  ।  उनले हलो छाप एक मात्र जन्ताको आसा र बिश्वासको केन्द्र बिन्दु रहेको जनाउदै  अब जन्ता जागी सकेको बताए ।
कार्यक्रममा  नगर अध्यक्ष , उपाध्यक्ष ,  कार्यकता तथा सर्बासाधरणको सहभागिता रहेको थियो ।कार्यालयको रिबन काटेर उद्घाटन गरिएको थियो ।