एभरेस्ट पेपर मिलमा भुसा ओसार्न क्रममा वेल्टमा परी एक मजदुरको मृत्यू

  |

क्षिरेश्वरनाथ नगरपालिका -५ महेन्द्रनगर स्थित रहेको एभरेष्ट पेपरमिलमा भुसा ओसार्न क्रममा वेल्टमा परी एक मजदुरको मृत्यू भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका -९ औरहा हाल वडा नम्बर ५ सिन्धुलीटोल बस्ने गौरी प्रसाद श्रेष्ठको छोरा अन्दाजी वर्ष ३७ को मनोज श्रेष्ठ शनिवार विहान करिब ९ बजे भुसा ओसारने क्रममा वेल्टमा फसेको एक मजदुरले जनकारी दिए ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले घटनाको स्थलगत मुचुलका उठाइ आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरिक्षक बेचन यादवले बताएका छन् ।