उपचारको अभावमा आमा गुमाए ,अहिले काजक्रिया गर्न पैसा छैन

  |

धनुषाको महेन्द्रनगर स्थित कुचाइ टोलमा भाडामा बस्ने एक युवालाई आर्थिक अवस्थाको कारण क्रिया कर्म गर्न सकस परेको छ ।

बाबू सानो मै बितेका सुजन मगर आर्थिक अबस्थाले नाजुक रहेका छन्  ।आफन्त हरु कोहि नरहेका सुजन भाडामा आमा सँग बस्दै आएका थिए । बिगत लामो समय देखि शरीर काम्ने रोगले ग्रस्त आमा मिना गुरुङले  उपचारको आभाबमा ज्यान गुमाउनु परेको थियो ।

सो पीडा सँगै उनलाई आमाको क्रिया कर्म गर्न समेत सकस परेको सुजन बताउँछन् ।
नगरिकताको समस्याले हालसम्म  कुनै काम गर्न न पाएका सुजन काज क्रियामा सहयोग गर्दिन आव्हान गरेका छन् ।