घरको बरण्डाबाट लडेर मृत्यु

  |

नगरपालिका स्थित नवलपुर चोकमा घरको बरण्डाबाट लडेर एक पुरुषको ज्यान गएको छ । मंगलवार राती लालबन्दी नगरपालिका–१, नवलपुर बजारमा कोठा लिएर बस्दै आएका एक पुरुषको घरको बरण्डाबाट लडेर मृत्यु भएको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, स्थाई घर भएका ५० बर्षका भरतलाल लामाको लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

उनलाई तत्काल उद्धार गरी नमुना अस्पताल हरिवन पुर्‍याईएको थियो । अस्पताल पुग्ने वित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सुचना अधिकारी एवं डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।