सुतिरहेको बेला धारिलो हतियार प्रयोग गरि महिलाको हत्या

  |

धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको छ ।आफ्नै घरमा सुतिरहेको अबस्थामा अज्ञात ब्यक्तिद्वारा  उनको हत्या भएको हो ।आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ ।
हतियार प्रहारबाट सख्त घाइते  भएकी रितादेबिलाई जनकपुर स्थित काब्या अस्पताल लागिएको थियो ।उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।हाल प्रहरीले उक्त क्षेत्र नियन्त्रणमा लिइ हत्याको अनुसन्धान गरिएको छ ।(फोटो: शैलेन्द्र क्रान्तिबाट )