धनुषाको महेन्द्रनगरमा पूर्ब राजा ज्ञानेन्द्र शाहले उनको स्वागतमा रहेका सर्बसाधारणलाई नभेटी हिंडेको भन्दै सर्बसाधारण आक्रोशित बनेका छन् ।
बिहिबार दिउँसो करिब ४:३०मा उनी झापाबाट महेन्द्रनगर हुँदै जनकपुर जाने सूचना प्राप्त भए पछि करिब आधीघण्टाको अवाधिका सयौंका संख्यामा सर्बसाधारण उनलाई हेर्न महेन्द्रनगर सडकमा उपस्थित भएका थिए ।
उपस्थितले हातमा नेपालको झण्डा साथै पूर्ब राजा रानीको फोटो ,माला सहित लिएर सडकमा उभिएका थिए । उनको सुरक्षामा नगरको हाइवेमा प्रहरी तैनाथ गरिएको थियो । तर, स्वागतमा बसे पनि उनको गाडी एक्का एक तिब्र गतिमा हिंडे पछि उपस्थित सर्बसाधारणमा आक्रोश उत्पन्न भएको थियो ।
<span;>यता,सुरक्षा र मौसमको प्रतिकुलताका कारण पूर्ब राजा ज्ञानेन्द्र शाहले नभेटेको हुन सक्ने आंकलन गरिएको छ । उनको शनीबार जनकपुर स्थित जानकी मन्दिरमा पूजा पाठ गर्ने कार्यक्रम रहेको राप्रपा धनुषाले जनाएको छ ।