श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगलागि

  |

२०७९/१०/१४

न्युज अफ नेसन /महेन्द्रनगर

कोहपलुर नगरपालिका २ शक्तिनगरमा श्रीमानले आफ्नै श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाएका छन् ।

करिब ७ बजेतिर आफ्नै घरमा घरायसी झगडा भएपछि श्रीमान भानुभक्त विकले श्रीमती गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएको कोहलपुर टुडेलाई इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेकाे छ भने २ वर्षिया प्रिन्सकाे भने स्वास्थय अवस्था गम्भिर  रहेकाे इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक नेब बहादुर मल्ले जानकारी दिए ।

आगो लगाउने भानुभक्त विकलाई अहिले प्रहरीले खाेजिरहेकाे छ । अहिले भानुभक्त विकलाई पक्राउ गर्ने काेहलपुरमा ठुलाे मात्रामा प्रहरी परिचालन गरिएकाे मल्ले जानकारी दिए ।