२०७९/१०/१७
धनुषास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट एकाएक ६ जना फरार भएका छन् ।
रातिको समयमा कमजोर भवनको पर्खाल तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
यता प्रहरीका अनुसार भगुवा अभियुक्तहरुको खोजतलास तिब्र गरिएको बताएका छन् ।
लागुऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोषण यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोषण महतो र शंकर सिंह फरार भएको डिएसपी क्षेत्रीले बताए ।
हाल रहेको प्रहरी भवन माओवादी द्वान्दकालमा माओवादी आक्रमण पश्चात् प्रयोग गर्न छोडिएको थियो ।भवनलाई समय समयमा मर्मत गरि प्रयोग हुने गरेको थियो ।