चिकित्सकद्वारा आन्दोलन फिर्ता

  |

२०७९/१०/२९

नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । सरकारसँग ६ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।

 

राष्ट्रपतिको सवारीका क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटपिट गरेको विरोधमा संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो ।

आज बहिान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरूबीच वार्ता भएपछि आन्दोलन स्थगित भएको हो ।