धनुषा महेन्द्रनगर , फल्गुण ४ |
नेपाल बैंक लिमिटेडको नयाँ शाखा महेन्द्रनगर धनुषामा आज उद्घाटन भएको छ ।
धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका वडा नंं ५ महेन्द्रनगर स्थित शाखाको शाखा प्रबन्धक अभिषेक झाको सभापतित्व , क्षिरेश्वरनाथ पालिकाका नगर प्रमुख श्री शुख देव यादबको प्रमुख अतिथता , नेपाल बैंक लिमिटेडका सञ्चालक बिबेक शम्सेर जवरा विशिष्ट अतिथता ,प्रमुख कार्यकारी अधिकृत (CEO) कृष्ण बहादुर अधिकारिको विशेष अतिथतावाट संयुक्त रुपमा आज मिति २०७९ फल्गुण ०४ गते भब्य समारोहका बीच समुद्घाटन भएको हो
शाखाको समुद्घाटन समारोहमा मन्तव्य राख्दै क्षिरेश्वरनाथ नगरपालिकाका मेयर शुखदेब यादवले नेपाल बैंकको शाखा स्थापनाले नगरवासीलाई वित्तीय कारोवार गर्न अझ सहज बनाउने बताएका छन् ।
उनले सरकारको बैंक भएकाले आफुहरुले सक्दो सघाउने बताउँदै नगरवासीलाई हित हुने कार्य गर्न आग्रह गरे ।
कार्यक्रमका नेपाल बैंक लिमिटेडका सञ्चालक बिबेक शम्सेर जवराले बैंकले आसपासका जनतालाई बैंकिङ्ग कारोवार गर्न सहज तुल्याउने विश्वास ब्यक्त गर्दै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गैरहेको बताएका छन् ।
यता, शाखाका प्रबन्धक अभिषेक झाले बैंकले ग्राहकको सेवालाई नै सर्बोपरी राखी काम गर्ने बताए ।
यससँगै नेपाल बैंकको शाखा संख्या २२६ पुगेको छ ।
कार्यक्रममा विभिन्न उद्योगी व्यवसायीहरु, स्थानीय समाजसेवीहरु, सुरक्षा निकायका पदाधिकारी , विभिन्न संघ संस्थाका प्रमूखहरु, साथै स्थानीय ग्राहकहरुको उल्लासमय उपस्थिति रहेको थियो।
कार्यक्रममा देशको पहिलो बैंक नेपाल बैंकलाई सम्पूर्ण नेपालीहरुको पहिलो रोजाइको बैंक समेत बन्नेमा शुभकामना प्रदान गरे ।
हाल मधेस प्रदेशसहित विभिन्न देशका जिल्लाहरुमा विभिन्न शाखाहरु मार्फत यस बैंकले सरकारी कारोवार सहितका विभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।