परिक्रमा पुग्यो कंचनवन , मेयर साहले गरे स्वगत

  |

ऐतिहासिक धार्मिक महत्व बोकेको  १५ दिने परिक्रमाको यात्रा  आज  महोत्तरीको ध्रुकुण्डमाबाट कंचनबन  पुगेको छ ।
१५ दिनसम्म चल्ने माध्यमिकी परिक्रममा हजारौँ हजारको सँख्यामा धार्मिक श्रद्धालुहरु सहभागी भएका छन् । पहिलो दिन धनुषाको मिथिला बिहारीको मठबाट उठेको मिथिलाबिहारीको डोला जनकपुरको हनुमानगढी विश्राम पश्चात हिजो ध्रुबकुण्ड पुगि आज आठौं  दिन <महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन आइपुगेको   हो ।

कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले स्वागत गरेको छ  । नगरप्रमुख संजिव साहले डोला हातमा लिइ परिक्रमा बासीको स्वागत गरेका छन्  । नगर प्रमुख साहका अनुसार स्वागतमा कुनै कसर नछोड्ने जनाए ।

यता,स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ ।  तीर्थालुको लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था छ भन होली मिलन समारोह र सांस्कृतिक कार्यक्रम गर्न मञ्च तयार गरिएको छ ।