महेन्द्रनगरमा आत्महत्याको भयावह रुप

२०८०/१/५धनुषाको  महेन्द्रनगरमा एक पछि अर्को आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ ।क्षिरेश्वरनाथ  नगरको मुख्य सहरी क्षेत्र रहेको महेन्द्रनगरमा एक पछि अर्को आत्महत्याका शृङ्खला बढेको छ ।घरमा कोहि नहुने मौका छोपी आत्महत्याका घटना बढन थाले पछि अभिभावकहरु चिन्तित बनेका छन्  ।

बिगत २-३  महिनाको तथ्यांक हेर्ने हो भने मात्र पनि  महेन्द्रनगर भित्रै करिब ५ जनाले आत्महत्या गरिसकेका छन् ।किशोर किशोरीले  अधिक मात्रमा आत्महत्या गर्ने गरेको तथ्यांकले जनाएको छ ।

नगरको  सहरी क्षेत्र रहेको यस क्षेत्रमा वार्षिक करिब ७- १० जनाले  आत्महत्या गर्ने गरेका छन्  ।
यता,दिन प्रतिदिन स्थितीले  भयावह रुप लिदै गर्दा स्थानीय  बिद्यालय तथा नगरपालिकाले कुनै प्रकारको आत्महत्या दुरुत्साहन  न्यूनीकरण  केन्द्रित कार्यक्रम भने चलाएका छैनन् ।

आत्महत्याको मुख्य कारण व्यक्तिको मानसिक मनोदशा हो। मानिस मनोवैज्ञानिक रूपमा कमजोर हुँदै गएपछि निराशाको चरम रूप आत्महत्याको बाटो रोज्छ। आत्महत्याका पछाडि एउटा व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू जोडिने  हुँदा आत्महत्यामा आग्रसर हुन्छन् । आत्महत्या गर्ने व्यक्तिले दिएको संकेत समयमै पहिचान गरेर व्यक्तिगत वा व्यावसायिक रूपमा मनोसामाजिक परामर्श उपलब्ध गराए अधिकांशको ज्यान जोगाउन सकिने मनोबैज्ञानिक बताउँछन् ।