
२०८०/३/१४ गते ,महेन्द्रनगर
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौंका निजी विद्यालयका शिक्षकलाई सरकारी विद्यालयका शिक्षक सरह तलब दिन आग्रह गरेका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेर उनले सार्वजनिक काठमाडौं महानगरपालिकामा संस्थागत (निजी र प्राइभेट) विद्यालयको शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आएको भन्दै शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा उल्लेख भएअनुसार संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिन आग्रह गरेका हुन्।
यस्तै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाईपाई आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको उनको भनाइ छ।