संरचना भत्काउन लागेको खर्च कस्ले बेहोर्ने ?

  |

 

धनुषाको महेन्द्रनगरमा  मंगलवार देखि सडक पेटिमा रहेको अबैध संरचना भत्काउन धमाधम शुरु गरिएको छ ।नगर क्षेत्र मा पर्ने हाइवे सडक पेटि  र सो अन्तर्गत पर्ने क्षेत्रमा राखिएका साना देखि ठूला संरचना भत्काउन नगरपालिकाले  ट्रेण्ड नै चलाएको छ ।

स्थानिय प्रशासनको सहयोगमा क्षिरेश्वरनाथ नगरपालिकाले बुल डोजर प्रयोग गरेर संरचना हटाए पनि उक्त  कार्यमा लागेको खर्च नगरपलिकाले कसरी उठाउने बिषयमा स्पष्ट भने छैन ।काठमाडौंमा मेयर बालेन्द्र साहले बुल डोजर लगाएत सरकारी साधनको प्रयोग वापतको रकम असुल उपर घर धनिबाट  गरेका थिए  तर  क्षिरेश्वरनाथ नगरपालिकाले डोजर प्रयोग गर्दा वखतको  खर्च को को बाट कति अशुल गर्ने भन्ने बिषयमा स्पष्ट पारेको छैन ।

घण्टाको कति मूल्य ?
सामान्यतया डोजर प्रयोग गरेको एक घण्टामा  २-३ हजार सम्म पर्ने गरेको छ तर हाल प्रयोग गरेको डोजर कसमा कति समय लाग्यो सोको कुनै लेखा जोखा नै छैन ।यसबाट खर्च कसमा कति भयो  भन्ने कुरामा अन्योलता पैदा गरेको छ ।
व्यापारी लाई फाइदा
यदि नगर पलिकाले रकम न असुल्ने हो भने हाइवेमा रहेका ब्यापारीलाई फाइदा पुग्ने देखिएको छ। बर्सौ देखि खर्च हिसाब गरेर बसेका ब्यापारीलाई नगरपालिकाले जिर्ण संरचना भत्काए खर्च बाट जोगिने बाटो खुल्ने छ ।

दस वटा वार्डमा संचालन हुनेमा शंका
हाल क्षिरेश्वरनाथ नगरपलिका स्थित हाइवे साइडमा केही घरका टहरा हटाए पनि यो काम नगरको दशै वार्डमा पुग्न सक्नेमा सम्भावना न्यून देखिएको छ । करिब करिब सबै क्षेत्र नै अतिक्रमीत रहेको अवस्थामा बर्सौ देखि नै जग्गा र रोड बिवाद रहेको छ ।यस्तो ठाउँमा रोड चौडा गर्न सम्भावना भने  कम गरेको छ ।