मिथिला नगरपालिकाले साेमबार १२ औं नगरसभाको नीति तथा कार्यक्रम सप्पन्न

  |

धनुषाकाे मिथिला नगरपालिकाले साेमबार १२ औं नगर अधिवेशनमा चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।

नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित करिव ८० करोड बजेट प्रस्तुत गरेको छ । मिथिला नगरपालिका ५ कभर्डहलमामा आयोजित १२ औं नगर अधिवेशनमा नगर प्रमुख महेन्द्र महतोले  नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

 

नगर प्रमुख महताेकाे अध्यक्षता तथा पुर्वमन्त्री महेन्द्र यादवकाे प्रमुख आतिथ्यमा नगर अधिवेशन भएकाे हाे । नगर अधिवेशनकाे  समुदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मिथिला नगरपालिकामा जनताले देख्ने गरि विकासकाे लहर ल्याउनु पर्नेमा जाेड दिनुभयाे  ।
उहाँले यस पालिकामा कांग्रेसले गर्न थालेको विकासका गतिविधिले  केही व्यक्ति नगरसभामा अवराेध गर्न खाेजेकाले गठबन्धन आवद्व शक्ति मिलेर नगरपालिकाको विकास गर्नुपर्ने बताउनुभयाे ।

नगरअधिवेशनमा नेकपा एसका नेता तथा पुर्व मन्त्री शत्रुधन महताे, माओवादीका रामकुमार महताे, कांग्रेसका गुदर यादव, माओवादीका दिनेश मण्डल, एसका जिवछ महताे लगायतले शुभकामना मन्तव्य राख्नुभयाे ।

नगरसभामा गठबन्धन आवद्व दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एस सहितका दलहरुको उपस्थिती थियो । यता एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुकाे उपस्थिति देखिएन ।
<नगरसभामा एमालेबाट निर्वाचित नगर उपप्रमुख सुनिता सिंह बुढाथोकी सहित एमालेबाट निर्वाचित कुनै पनि प्रतिनिधी भने उपस्थित नभएको बताइएको छ । नगरसभाको बन्द सत्र सोमवार नै सुरु भएको र बजेट बाँडफाँडका लागि पाँच सदस्य समिति समेत गठन भएको नगरपालिकाले जनाएको छ ।
अब १७ गते बुधवार फेरि नगरसभा बैठक बस्ने मिथिला नगरपालिकाका प्रवक्ता रामबहादुर स्यांगदनले जानकारी दिनुभयाे । असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएपनि एक महिना ढिलाे गरि नगरपालिकाले नीति तथा कार्यक्रम र अनुमानित बजेट ल्याएकाे छ ।