चर्चामा आउन अमरेशको सस्तो राजनीतिक स्टण्ड

  |

सर्लाही ४ का संघिय साँसद अमरेश सिंहको प्रचारबाजीको स्टन्ट यति हद सम्म तल पनि झर्न सक्छन् कसैले कल्पना समेत गर्न सक्दैनन तर मंगलवारको एक घटनाले उनमा राजनीतिक संस्कार ह्रास भईरहेको महसुस गर्न सकिने नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार प्रचारप्रसार विभागको सचिव निकेश त्रिपाठीले समाजिक संजाल मार्फत आफनो धारणा यसरी राखे ।

त्रिपाठीले अगाडी भन्छन्, २०७४ सालको निर्वाचनमा अमरेश सिंहको चुनाव प्रचारप्रसारमा प्रयोग भएको उनकै फोटो भएको र स्टिकर टाँसिएको गाडीको फोटो समाजिक संजालमा राखेर पोष्ट गर्न वित्तिकै चौतर्फी विरोध हुनथालेपछि दुई घण्टामै घण्टामै उक्त फोटो हटाएर गएको निर्वाचनमा माछा छाप भएको गाडीको फोटो राख्ने कार्य गर्ने व्यक्ति राजनीतिक चरित्रको हुन सक्दैनन्, जुन सर्लाही क्षेत्र नम्वर ४ का मतदाताको समेत शिर निहुँएको छ ।

मधेश प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहको स्वकीय सचिव समेत रहेका त्रिपाठीले राजनीतिक द्धन्दको कारण नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको छोरा सुधिर सिंहले आज विहान १० बजे काठमाडौं क्रममा नयाँ रोड–मधुबनी सडक खण्डको सेखौनामा कारले आफू चढेको स्कारपिओ गाडीलाई ठक्कर दिई बाटोमा राकेर गालीग्लौज गरेको र आफूलाई डिएसपीले जोगाएर स्कर्टिङले जोगाएको कुरा सरासर निराधार रहेको उलने दाबी गरे ।

एक हप्ता देखि क्षेत्रमा घुम्दा कसैले केही भनेन तर काठमाडौं फर्किने वेलामा प्रहरी स्कर्टिङमा गइरहेको वेला सानो कारले स्कारविओ गाडीलाई ठक्कर दियो, गालीग्लौज र धाकधम्की दियो भनेर नबालिक केटाहरुको नाम उल्लेख गरेर समाजिक संजालमा पोष्ट गर्ने माननिय जस्तो पदको व्यक्ति त्यसमा जनताको प्रतिनिधित्व गर्ने साँसद सिंगो सर्लाही ४ का जनताहरुलाई अपमान अमरेश सिंहले गरेको कार्य सुहाउदो भएन त्रिपाठीले भने ।

त्रिपाठी अगाडी भन्छन् सरकार द्वारा खोसिएको सुरक्षाकर्मी फेरी पाउनको लागि र गलत स्टन्टबाजी गरेर चर्चामा आउनको लागि रचिएको कपोकल्पित स्टन्ट मात्रै हो ।