आरती साहको न्यायको लागि हामी लड्छौँ : रबि लामिछाने

  |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले  आरती साह प्रकरणमा आफ्नो पार्टीले आबाज उठाउने बताएका छन्  । सोमबार  केन्द्रिय समितीको बैठकमा भाग  लिन जनकपुरधाम आएका लामिछानेले   सहिद गेटमा सहिदको शालिकमा माल्यापर्ण  गर्ने क्रममा   आफ्नो पार्टीले आरती साहको न्यायको लागि विशेष आबाज  संसदमा उठाउने बताएका हुन् ।

‘ससंदमा पहिलो पटक आरती साहको बारे आवाज उठाउने हामी नै हौ । चाहे जे  होस उनको न्यायको लागि हामी साथ छौ ।हामी न्याय दिलाएर नै छोड्छौँ ’  उनले भने ।

जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षको दाबी छ । घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै साहको परिवार लामो समयदेखि  माइती घरमा धर्नामा  रहेको छ ।