२०८०/ मन्सिर /७सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
जिल्लाको रामनगर गाउँपलिका-६, सिसौटामा बा.९१ प. ४२६९ नम्बरको मोटरसाइकलले हिजो साँझ करिब ७ बजे ठक्कर दिँदा गोडैता-४ निवासी ४५ वर्षीय अमिर खान हजारीको मृत्यु भएको हो।
हजारीलाई प्रादेशिक अस्पतालमा मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि बाराको कलैया प्रादेशिक अस्पतालमा पुर्याइउदा त्यहाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटना पश्चात् मोटरसाइकल त्यही छोडेर चालक फरार भएका छ्न्। मोटरसाइकल नियन्त्रणमा लिएर चालकको खोजी भईरहेको प्रहरीले जानकारी दिएको