स्वर्गीय नेता रामु यादबको स्मृति सभा सम्पन्न

  |

महेन्द्रनगर -१५ मंसिर : नेपाली कांग्रेसका नेता , समाजसेवी तथा  पूर्व प्रधानपञ्च रामो यादवको ५ औं वार्षिक पुण्य तिथीमा स्मृती सभा गरिएको छ ।

२०७५ मंसिर १५ गते स्वर्गारोहण हुनु भएका  भंगहाका  सन्त नेता तथा सामाजसेविका  रुपमा परिचित रामो यादवको  स्मृति सभा  शुक्रबार   भंगहा सखुवा टोलमा कार्यक्रम गरिएको हो ।

स्वर्गीय रामो यादवको निवास परिसरमै आयोजित स्मृति सभामा हार्दिक श्रदाञ्जली अर्पण गर्दै उहाँको  व्यक्तित्व र योगदानप्रति चर्चा गरिएको थियो ।

कार्यक्रमका प्रमुख  अतिथि  मधेस प्रदेसका भौतिक पूर्वाधार बिकास  मन्त्री कृष्ण प्रसाद  यादवले भंगहा नगरपालिकाका जनताका लागि रामु यादबले अतुलनीय योगदान पु¥याउनु भएको  भन्दै उहाँको विचार र व्यवहारलाई अवलम्वन गर्न आह्वान गर्नु भयो  ।आफ्ना मित्र सुरेश यादबको पिताको देन यस क्षेत्रका जनताको लागि उदाहरणीय रहेको बताउनु भयो ।

स्मृति सभाका आयोजक  तथा पुत्र  सुरेश यादबले  पिताको योगदान  मलामी बखत हजारौं संख्यामा भिडले  दिएको संदेशले पुष्टि गरेको बताउँदै आफूले पिताको सम्मानका लागि प्रतेक वर्ष स्मृति सभा गर्ने गरेको बताउनु भयो ।

कार्यक्रममा  प्रा .वि  बिर्ता  र  प्रा. वि  सक्रिलाई रु पाँच/ पाँच   हजार बरावरको चेक प्रदान  गरिएको  थियो ।त्यस्तै  दलित समुदायको योगदान बारे चर्चा गर्दै  स्थानीय दलित महिला , युवा तथा वृद्ध   लाई सम्मान गरिएको थियो ।

स्मृति सभामा बर्दिबास नगरपालिका मेयर प्रह्लाद क्षेत्री   उपमेयर तारा देवि   , भंगहा नगरपालिका उप मेयर शान्ति सिंह  लगाएत  नेपाली कांग्रेसका विभिन्न पदाधिकारी ,पूर्व प्रहरी अधिकारी , प्रोफेसर ,अधिकारकर्मी ,व्यावसायिहरुको सहभागीता रहेको थियो ।