धनुषाको बटेश्वरमा एक नाबालिकाको बलत्कार भएको छ । शुक्रबार धान काट्न खेत गएकी बखत बटेश्वर गाउँपालिकाका घर भएको चौध वर्षीय बालिका बलत्कृत भएकी हुन ।
बटेश्वर गाउँपालिका -४ बस्ने राम दुलार महतोको छोरा वर्ष २८ को नवीन महतोले चाबी घर पुगाउन गएको बखत उखु खेतमा तानेर लगेर मुख समाती बालिकाको बलात्कार गरेको बालिकाको आफन्तले जनाएका छन् ।
यता युवकको खोजीको लागि प्रहरीको बिशेष टोलि परिचालन गरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेटर दिपक कार्की ले जनाएका छन ।