ढल्केबर स्थित नमुना बचत तथा सहकारी संस्था लि.को  १०औं  वार्षिक साधरण सभा  सम्पन्न

  |

धनुषाको मिथिला नगरपालिका-६ ढल्केबर स्थित नमुना बचत तथा   सहकारी संस्था लि.को  १० औं   वार्षिक साधरण सभा  शनिबार सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष नारायण वास्तोलाको  अध्यक्षता तथा मिनपा  नगरपालिकाका  प्रमुख महेन्द्र महतोको  विशिष्ट आतिथ्यता तथा प्रदेश सासंद  हरि नारायण महतोको  प्रमुख अतिथ्यतामा  सहकारिको साधारण सभा सम्पन्न भएको हो ।


सहकारीको आगामी योजना तथा प्रगतिको बारेमा साधारण सभामा जानकारी दिइएको छ। करिब १०९५  सेयर सदस्यहरु रहेको  नमुना सहकारीले २०७९/८०  मा   २४  लाख ७४ हजार अधिक  मुनाफा कमाएको छ। सहकारीले चालु आर्थिक वर्षमा उक्त मुनाफा कमाएको साधारण सभामा जानकारी दिइएको छ।

यस्तै सहकारीले हाल सम्म तीन करोड ९२ लाख  ९७ हजार  ६ सय अधिक  रुपियाँ निक्षेप सङ्कलन गरेको छ।  जगेडा कोषमा ७३ लाख १३ हजार अधिक ,  वाह्य ऋणमा चार करोड ९६ लाख १६ हजार  अधिक  रकम  रहेको छ भने यता बैंकमा नगद मौज्दात रु २७ लाख एघार हजार अधिक ,  शेयर सदस्यमा कर्जा लगानी रु ११ करोड  ४८ लाख  ८९ हजार अधिक रहेको विवरणमा उल्लेख रहेको छ ।


कार्यक्रममा बोल्दै  सहकारीका अध्यक्ष  नारायण  बस्तोलाले  हालको  १०९५ जना शेयर धनी संख्यामा १२० थप गरि  बढाइ  १२१५ जना  पुर्याउने लक्ष्य  रहेको बताउनु भएको छ । उहाँले प्रत्येक शेयरहोल्डरको  करिब रु १ लाख सम्मको बिमा  गरिनुका साथै काजक्रिया हेतु रु १० हजार आर्थिक सहयोग पुर्याउने जानकारी गराउनु भयो ।

यता  कार्यक्रमका प्रमुख अतिथी  प्रदेश सांसद हरिनारायण महतोले सहकारी भनेको  मुनाफा आर्जन गर्ने मात्र नभइ सामाजको कल्याण  गर्न समेत हुँदा सामाजिक बिकासमा जोड दिन आवश्यक रहेको  धारणा राख्नु भयो ।उहाँले आज भन्दा २० वर्ष अगाडि सहकारीको अवधारणा गाउँ गाउँमा नपुग्दा सर्वसाधारणमा पारेको  आर्थिक भार बिकराल रहेको बताउनु  भयो ।।

त्यस्तै मिनपाका प्रमुख महेन्द्र महतोले  नमुना सहकारीले प्रत्येक वर्ष आयब्याय विवरण पेश गर्ने गरेकोले यस सहकारी अन्य सहकारी भन्दा उत्कृष्ट रहेको  बताउनु भयो । नाम जस्तै  नमुना काम रहेको  उहाँले जनाउनु भयो ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता तथा ऋणीलाई सम्मान गरिएको थियो । सहकारीले केवलीपुर माबिका करिब २४ जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताएको छ ।

कार्यक्रममा जिल्ला स्थित प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र कार्की ,मिथिला नगरपालिका पुर्व उप मेयर एवम् संस्थाका शेयर सदस्य तारा कुमारी बस्नेत ,मिथिला नगरपालिका वडा नं ७ का वडा अध्यक्ष एवम् संस्थाका शेयर सदस्य श्री राम बहादुर स्याङ्गदन ,मिथिला नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नन्द किसोर यादव ,राष्ट्रिय सहकारी बैंकका पूर्व संचालक एवम् जिल्ला  बचत संघका अध्यक्ष श्री ध्रुब  नारायण यादव , महेन्द्र मा वि ढ्ल्केवरका प्रा.श्री राम कुमार महतो , विनायक  स्कूलका एवम् संस्थाका शेयर सदस्य श्री विपि राज दाहाल ,राष्ट्रिय आधारभुत विद्यालय केमनीपुर का प्र अ  एवम् संस्थाका शेयर सदस्य श्री निल प्रसाद बास्तोला लगाएतको सहभागीता रहेको थियो ।