दुव्र्यवहार गर्ने प्रहरी हवल्दारलाई कार्बाही गर्न पत्रकार महासंघको बिज्ञप्ति

  |

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित कार्यालय रहेको गोल्ड माइन्स मिडिया द्धारा संचालित इ न्यूज अफ नेसन अनलाइनका कार्यकारि सम्पादक रोहित खनाल (सम्रार्ट) लाई दुवर््यवहार गर्ने प्रहरीलाई करवाही गर्न नेपाल पत्रकार महासंघ धनुषाले माग गरेको छ ।

नेपाल पत्रकार महासंघ धनुषा द्धारा निकालिएको प्रेस वक्तव्यमा धनुषा जिल्लाको महेन्द्रनगरबाट पत्रकारिता गर्दै आएका न्यूज अफ नेसन अनलाईनका संचालक क्षिरेश्वरनाथ नगरपालिका ६ निवासी रोहित खनाललाई प्रहरीले दुव्र्यवहार गरेको छ । खेतीवारी सम्बन्धी विवादमा पिडकले ज्यान मार्ने धम्की दिदाँ इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा २०८० माघ १३ गते उजुरी दिन जाँदा प्रहरी हवलदार विरेन्द्र यादवले आफूलाई अपशब्द प्रयोग गरी प्रहरी कार्यालयबाट निकालेकाले पत्रकार खनालले महासंघ धनुषामा दिएको निवेदनमा उल्लेख छ । उक्त घटना प्रति पत्रकार महासंघ धनुषाको ध्यानाकर्षण भएको छ । न्यायको लागि प्रहरी कार्यालयमा निवेदन लिएर जाँदा सुरक्षा निकायबाट नै अपमानित भएको हुँदा उक्त घटनाका दोषिलाई कारवाही गर्न स्थानिय प्रशासन सँग नेपाल पत्रकार महासंघ धनुषा माग गरेको छ ।
माघ १३ गते शनिवार विहान आफ्नो खेतिवारि सम्बन्धी समस्या बारे निवेदन दर्ता गराउन जादा प्रहरी हल्दार यादवले गाली गलौच गर्दै दुर्व्यवहार गरेको छ । पीडित पत्रकार सम्राटको अनुसार आफू र आफ्नो परिवार प्रति वारम्बार भौतिक आक्रमणको धम्की आउदै गर्दा शान्ति सुरक्षा पाउँ भनि निवेदन दर्ता गराउन इप्रका पुगेको बेला हल्दार यादवले अपशब्द प्रयोग गर्नुको साथै कुटपिट गरि प्रहरी विट वाहिर निकाल्ने वरवरतापूर्ण धम्की दिएका हुन् । हबल्दार यादवले आफूलाई हातपात गर्ने प्रयास समेत गरेको तर इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्ष दिपक कार्कीले रोकेपछि आफू जोगिएको बताए । उनले घटना हुँदा प्रनि कार्की त्यहि उपस्थित भएको बताए । यसरी प्रहरीले पत्रकार सम्राट माथि गरेको दुर्व्यवहारको घटनाको घोर निन्दा गर्दै पत्रकारीता विकास प्रतिष्ठानले दोषि उपर कारबाहीको माग गर्दै त्यहीदिन विज्ञप्ती निकालेको थियो ।

यता प्रतिष्ठानका अध्यक्ष अजय साहले घटनामा संलग्न प्रहरी हबल्दार विरेन्द्र यादव उपर कारबाहीको माग गरेको छ । विज्ञप्तीमा पत्रकार सम्राटले आफू पीडित भई न्यायको लागि तथा शान्तिसुरक्षा पाउनको लागि भनि इप्रका पुगेकोमा उल्टै उनि माथि दुर्व्यवहार हुनु दुःखद र खेदजनक भएको बताए ।’सर्वसाधारण या कुनै पनि नागरीक आफू पीडित हुँदा न्यायको लागि प्रहरी प्रशासन समक्ष पुग्छन् भने उनको निवेदन दर्ता गरी सोधपुछ गरी छानबिन गर्नु पर्नेमा उल्टै दुर्व्यवहार गर्नु पदयीय दायित्व बिर्सेर नागरीक माथि संविधानको मौलिक हक र कर्तव्य अन्तर्गत धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हक र धारा १७ स्वतन्त्रताको हक माथि प्रहार भएको ठहर गर्दै दोषि उपर कारबाहीको माग गरिएको छ ।