गृह मन्त्रालय अन्तर्गत रहेको आमसञ्चार प्राधिकरण भन्छ दोषी प्रहरी हवल्दारलाई कडा कार्बाही गर

  |

माघ १७ ,महेन्द्रनगर डेस्क । न्युज अफ नेसनका सम्पादक रोहित खनाल प्रती प्रहरीद्वारा भएको दुव्र्यवहारको बिषयमा  आम संचार प्राधिकरणले एक बिज्ञपति जारी गरि दोषी प्रहरी हवल्दार बिरेन्द यादवलाई तत्काल कार्बाही गर्न आदेश दिएको छ ।
आज बुधबार जारी प्राधिकरणको बिज्ञप्तिमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई सम्बोधन गरि प्रहरीले संविधानको उलंघन गरेको भन्दै तत्काल कार्बाहि गर्न आग्रह गरेको छ ।

प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवद्वारा जारी बिज्ञाप्तिमा यस्तो लेखिएको छ :

खेतबारी सम्बन्धी विवादका कारण मिति २०८० माघ १३ गते आफु र परिवारमाथि भौतिक आक्रमणको धम्की आइरहँदा खनालले सो विषयमा जानकारी गराउन ईलाका प्रहरी कार्यालय महेन्द्रनगर जाँदा कार्यरत हवल्दार वीरेन्द्र यादवले गालीगलौज गर्नु प्रहरीको आचरण विपरित कार्य भएको हाम्रो ठहर छ । सुरक्षा पाउने आशका साथ सेवा लिन गएका सेवाग्राहीलाई यस्तो व्यवहार गर्नु संविधानको मर्म विपरित कार्य भएकोले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न आमसञ्चार प्राधिकरण सम्बन्धित निकायसँग माग गर्दछ।