महेन्द्रनगरमा रास्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता शुरु

  |

२०८०/९/१धनुषाको  क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा रास्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता शुरु भएको छ ।

महेन्द्रनगर स्थित क्षिरेश्वरनाथ माध्यमिक बिधालयको खेल प्राङ्गणमा  क्षिरेश्वरनाथ नगरपालीका स्तरिय छैठौ अन्तर बिधालय प्रतियोगिता शुक्रवार देखि आइतबार सम्म सुरु भएको भएको छ ।

क्षिरेश्वरनाथ माध्यमिक बिधालयकाका  सहायक प्र. उमेश यादबको अध्यक्षतामा आयोजित  प्रतियोगिताको उद्घाटन  क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादबले गरेको छन ।नगर भित्र रहेका करिब १४ सामुदायिक तथा  संस्थागत बिद्यालयको उपस्थिति रहेको छ ।

कार्यक्रमको उद्घाटन खेलमा बोल्दै नगर प्रमुख सुख देब यादवले  खेल  रास्ट्र, समाज र बिद्यार्थीको लागि समेत आजको आबश्यकता भएको बताउँदै यसले समग्र बिकास गर्ने बताएका छन्  । त्यस्तै कार्यक्रममा बोल्दै शिक्षा , युवा तथा खेलकूद  शाखाका अधिकृत दीपक खत्रीले  बिद्यालयस्तरबाटै बिद्यार्थीहरुलाई खेककूद क्षेत्रमा लाग्नलाई  प्रेरित गर्न एक महत्त्वपूर्ण खेलकूद कार्यक्रमको रुपमा रहेको यस राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिता नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालयको तत्वाधान तथा राखेपाको  संयोजकत्वमा यस क्षि न पा शिक्षा  युवा तथा खेलकूद शाखा महेन्द्रनगर धनुषाको आयोजनामा निरन्तर रुपमा आएको  र   यसले बिद्यार्थीमा अनुशासनमा बस्न अझ प्रेरणा दिने  बताए ।

कार्यक्रममा   नेपाली सेनाका मेजर ,प्रदेश प्याब्सनका सचिब गणेश साह ,  शसस्त्र प्रहरी  निरीक्षक , नेकपा एमालेका  नगर अध्यक्ष अनिल चौधरी ,  वर्डा  ६ का अध्यक्ष बिनोद गुप्ता ,  युवा नेता/अभियन्ता  सितेश झा ,  रास्ट्रीय खेल भलीबलका प्रशिक्षक  भरत यादब ,  बिभिन्न  बिद्यालयका  प्रतिनिधि शिक्षक / शिक्षिकाको  सहभागीता रहेको थियो ।