
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा संचालित क्षिरेश्वरनाथ नगरपालीका स्तरिय छैठौ अन्तर बिधालय रास्ट्रपति रनिङ शिल्ड कप प्रतियोगितामा मर्निङ्ग ग्लोरी से. बो. स्कूलले ३ गोल्ड मेडल हात पार्न सफल भएको छ ।
आज भएको रनिङ तर्फको ३ खेल जस अन्तर्गत ब्वाइज सर्ट फुटमा र १०० मिटर दौडको फाइनलमा मर्निङ्ग ग्लोरीका बिकल पुरीले गोल्ड मेडल जित्न सफल भएका छन्।
यस्तै गर्ल्स तर्फको उद्घाटन शर्ट फुटमा मर्निङ्गग्लोरी कै सरस्वती सिंहले गोल्ड जित्न सफल भएकी छन् ।
यता आज भएको ओपेनिङ तर्फको कबड्डि तर्फको खेलमा दार्शनियाले गंगोत्री बोर्डिङ स्कूललाई पराजित गरेको छ ।जसमा गंगोत्री २९ र दर्शनिया ५८ अकं प्राप्त गरेको छ । त्यस्तै सोही खेलमा मर्निङ्ग ग्लोरीले इच्छापुर माबीलाई पराजित गरेको छ ।मर्निङ्ग ग्लोरीको ३४ अकंर इच्छापुरको २३ अकं प्राप्त गरेको छ ।
आज उद्घाटन भएको प्रतियोगिता आइतबार सम्म संचालन हुने छ ।नगर भित्र रहेका करिब १४ सामुदायिक तथा संस्थागत बिद्यालयको उपस्थिति रहेको छ ।



