क्षिरेश्वरनाथ नगरपालिका स्तरीय छैठौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

  |

स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद नारा साथ नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा आयोजित क्षिरेश्वरनाथ नगरपालिका स्तरीय छैठौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र ५ काष्य प्राप्त गरी दशर्निया बोडिङ्ग स्कुल प्रथम, ७ स्वर्ण, २ रजत र ३ काष्य प्राप्त गरी श्री राष्ट्रिय मा.वि.सखुवा बजार दोस्रो र ५ स्वर्ण, ३ रजत र २ काष्य प्राप्त गरी श्री गंगोत्री बोडिङ्ग स्कुल तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

माघ २६ गते देखि संचालित नगरपालिका स्तरिया छैठौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा गंगोत्री बोडिङ्ग स्कुल, क्षिरेश्वर मा.वि.श्री दिगम्वरपुर मा.वि., सिस्टेमेटिक बोडिङ्ग स्कुल, ज्ञानमन्दिर, मोनिङ्ग गलोरी गरी समुदायिक र संस्थागत जम्मा १४ ओटा विद्यालय सहभागिता जनाएको थियो ।

क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको क्षिरेश्वर मा.वि.का सह–प्रधानध्यापक उमेश यादवको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच प्रथम, दोस्रो, तेस्रो स्थान प्राप्त विद्यालय र विभिन्न विधामा स्थान प्राप्त खेलाडीहरुलाई उपस्थित अतिथीहरुको हाथबाट कप, मेडल र प्रमानपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथी यादव यो प्रतियोगिता विद्यार्थीहरुलाई उत्साहित गर्ने कार्यक्रम रहेको जसमा सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई धन्यवाद दिदैँ हार वेहोरेका विद्यार्थीहरुलाई अगामीदिनमा अझ तयारी  साथ प्रतियोगितामा सहभागी हुन आग्रह गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथी र सहभागी विद्यालयहरु लाई समापन कार्यक्रममा स्वागत गर्दै क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विनोद गुप्ता प्रतियोगितामा हार वेहोरेका विद्यार्थीहरुलाई निरास नभइ तागतको रुपमा लिन आग्रह गर्दै छिटै आफनो वडाको लगानीमा कपड्डी प्रतियोगिता गराउने घोषणा गर्नुभएको थियो ।