क्षिरेश्वरनाथ नगरपालिकामा दादुरा–रुवेला रोग विरुद्ध खोप अभियान सञ्चालन हुने

  |

 

फल्गुन -८ ,क्षिरेश्वरनाथ नगरपालिका स्थित स्वास्थ्य शाखाले  फागुन १३ देखि  दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने  कार्यक्रमको तयारी पूरा गरेको जनाएको छ । आज मंगलबार महेन्द्रनगर स्थित नगरपालिकाको भवनमा आयोजितअन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राम बहादुरले  यादवले नगर भित्रका दसै  वार्डमा अभियान संचालन हुने जानकारी दिएका हुन् ।

बिद्यालयमा लक्षित गरि कार्यक्रम संचालन हुने भन्दै कोह नछुटुन भनी अभियान संचालन गरेको स्वास्थ्य शाखाले जनाएको छ ।
तराईका जिल्लामा खुल्ला बोर्डर हुनाले रोग फैलने समस्या उच्च रहेको बताउदै यस अभियान प्रभाबकारी हुने सहभागीहरुले  बताए

दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म सरकाले  करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य  राखेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको हो ।

के छ त समग्रमा यो अभियानमा  रोग नियन्त्रण र निवारणका सरकारको  रणनीतिहरू?

-नेपाल सरकारले नियमित खोपको सुदृढीकरण गरी दादुरा खोपको उपभोग प्रत्येक गा.वि.स./न.पा.मा कम्तिमा ९० प्रतिशत पुऱ्याउने ।

– नियमित खोप सेवावाट दिइने दादुरा खोपको अतिरिक्त वालवालिकालाई दादुरा खोपको दोश्रो मात्रा प्रदान गर्ने
-शंकास्पद दादुराका विरामीको खोजपडताल तथा अनुसन्धान गर्ने रहेको ।

-दादुराका विरामीको उचित उपचार व्यवस्थापन गर्ने र दादुराका विरामीलाई भीटामिन ए क्याप्सुल दिने लागाएत।