भोलिबाट मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता महेन्द्रनगरमा हुने

  |

धनुषाको क्षिरेश्वरनाथ स्थित  महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ ।आइतबार पत्रकार सम्मेलन गरि उक्त खेल हुने जानकारी दिइएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि उदघाटन गर्ने  उक्त खेल   भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित क्षिरेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा हुन लागेको हो । महेन्द्रनगरमा हुने यस खेल सम्भावत: पहिलो पटक हो ।

फागुन १९ गतेसम्म हुने हक्कीमा कर्णालीबाहेक ६ प्रदेशसहित ८ वटा टिम सहभागी हुने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

जसमा ६ वटा प्रदेश, १ विभागीय र एक आयोजक टिम रहने छ । १४४ जना महिला खेलाडी खेलमा सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ५० हजार, द्वितीय पुरस्कार उक लाख र तृतीय पुरस्कार ५० हजार रहेको र उत्कृष्ट खेलाडीलाई १० हजार दिइने आयोजकले जनाएको छ ।