
नेपाल टेलिकमको हाकिमको पदको दादागिरी , नबोल्न सहचालकलाई चेतावनी ।
महोत्तरीको बर्दिबास माइस्थानमा भएको दुर्घटनाको तथ्य लुकाउन नेपाल टेलिकमका हाकिमले दबाब दिएको घटना सार्बजनिक भएको छ । चैत्र ३ गते साँझ पाच बजे अग्नि बसलाई ठक्कर दिएको घटनामा टेलिकमका कर्मचारीले पदको दादागिरी देखाएका हुन् ।
मादक पदार्थ सेवन गर्दै ३ गते साझ प्र २-०३/००१च ३५० न बोलेरोको डाइभरले मापासे सेवन गरि गाडी चलाउदा ना५ ख १५६१ नम्बरको अग्नि गाडीलाई ठक्कर दिएको हो । घटना पश्चात् उल्टै ठक्कर दिएको सवारी लाई नै दोषी देखाउदै बसका सह चालकलाई फसाइ दिने चेतावनी दिदै चुप चाप रहन भनेको गाडीका संचालक घनु यादबले बताएका छन् ।मधेश प्रदेश अन्तर्गत रहेका टेलिकम शाखाका हाकिम रामबाबू सिंह र राज किशोर चौधरी लगाएतका १०-१६ जनाले बार बार चेतावनी दिएको यादबले बताए ।घटनामा डाइभरको मापासे ४४.४७७ रहेको जनाइएको छ ।
अग्नि बसको क्षेती भएपनी आफूले केही क्षेतिपूर्ती नपाएको संचालक यादवले जनाए ।घटनाको सत्य तथ्य छानबिन गर्न यादबले माग गरेका छन् ।