अबरुद्ध बिकास निर्माण कार्य चाँडो सम्पन्न गर्ने मन्त्री महासेठको प्रतिबद्धता

  |

चैत्र ९ गते ,धनुषा ।धनुषाका विभिन्न क्षेत्रमा भै रहेको बिकास निर्माणका कामको बारे उपप्रधान तथा भौतिक पूर्बाधार मन्त्री  रघुवीर महसेठले जानकारी लिएका छन्  ।

सडक र पूलको निर्माणकार्य स्थगित रहेकोेलाई अबिलम्ब सुचारु गर्न  र जनताले समस्या भोगिरहेका ठाँउमा तुरुन्त योजनामा ल्याई  काम  गर्न महासेठले निर्देशन दिएका छन्  । शुक्रबार मन्त्री महसेठ सम्मेलित  डिजि,सचीव र डिई सहित मिथिला नपाको- ११ बाहुनमारा,लालगढ,माथिलो र तल्लो तुल्सीमा जनताको अवश्यकतामा रहेको नयाँ पूल,सडक र नालाको निर्माणको लागि स्थलगत निरीक्षण गरि योजनामा राखेर छिटो भन्दा छिटो कामलाई अगाडी बढाउन  निर्देशन दिएका छन्  ।

साथै हरिहरपुर देखि महेन्द्रनगरसम्म सडकको पनि स्थलगत निरीक्षण गर्दै   छिटो  पिच सडक  आफुले बनाउने  प्रतिबद्धता व्यक्त गरेका छन्   ।यता  नेपाल रेल्वेको बर्दिबास स्थित निर्माण हुनलागेको स्टेशनको स्थलगत निरीक्षण गरि समयमा काम सक्न निर्देशन दिएका छन् ।