
धनुषाको महेन्द्रनगरमा पशु शाखाको जन प्रतिनिधि सरोकार र पत्रकार- मेडियासँगको अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ । शुक्रबार नगर प्रमुख सुकदेब यादवको अतिथ्यता तथा जिल्ला पशु अस्पताल धनुषाका प्रमुख सन्जिव कुमार ठाकुरको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न भेगमा देखिएको लम्पिस्कीन नामक रोगले पारेको असर र रोग निवारणमा भएको प्रगतीको समिक्षा सहित कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला पशु अस्पतालका प्रमुख ठाकुरले गतवर्ष लम्पिस्किन रोग भयावह रुपमा फैलिएको तर हाल नियन्त्रणमा रहेको जनाएका छन् । प्रमुख झाले यस्ता रोगबाट किसान आफैं समयमा सचेत हुँदा रोक नियन्त्रण गर्न ठूलो टेवा पुग्ने बताएका छन् ।महमारीको बेला कर्मचारीले घर घरमा गएर सुइ भ्याक्सिन लगाइ रोग न्यूनिकरण गरेको बताए । जस्तो सुकै अबस्थामा पनि जिल्लाका पशु कार्यालय सेवा दिन तत्पर रहेको उनले बताए ।
यता , नगर प्रमुख सुखदेब यादबले लम्पिस्किनको रोग लाग्दा आफूले सो बखत तत्काल रु १० लाख छुटाएको बताएका छन् ।बिपत्ति ब्यबस्थापनको रकम कटौती गरेर मवेसिलाई छुट्टाएको नगर प्रमुख यादवले बताए ।
कार्यक्रममा बोल्दै पशु शाखा क्षिरेश्वरनाथका प्रमुख बिष्णु देब यादबले समय समयमा नगरपलिकाले बजेट न दिदा र कर्मचारी नथप्दा काम गर्न गाह्रो भएको जनाएका छन् ।एक जनाले पुरै नगरपालिका पुग्न कठिन हुँदा नगरपलिकाका प्रतेक वार्डमा शाखा राख्नु पर्ने बताए ।
कार्यक्रममा विभिन्न वार्डका वार्ड अध्यक्ष ,वार्ड सदस्य ,पलिकाका कर्मचारी ,बुद्धिजीवी लगाएत विभिन्न मेडियाका पत्रकारको उपस्थिति रहेको थियो ।