पहिलो पल्ट जनकपुरमा स्त्री सम्बन्धि रोगको दुरबिनबाट शल्यक्रिया गर्दै नैना हस्पिटल

  |

डेस्क बैशाख  महेन्द्रनगर । धनुषाको जनकपुरधाम स्थित रामानन्द चोकमा नेसोक ब्राचले  नैना हस्पिटल प्रालीमा दुर्बिनको प्रयोगबाट कसरी महिलारोग सम्बन्धि विभिन्न शल्यक्रिया गर्ने बारे एक दिने सेमिनार कार्यक्रम सम्पन्न गरेको छ ।  नैना हस्पिटल प्रालिका प्रमुख डा. बृज मोहन रजकको  अध्यक्षतामा आइतबार जनकपुरका स्त्री रोग विशेषज्ञ  चिकित्सकको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

दुरबिनको प्रयोग बिना अपरेसन गर्दा शरिरको  धेरै भाग चिर्नु पर्ने हुँदा बिरामीलाई ठिक हुन समय लाग्ने तर दुर्बिनको प्रयोग हुँदा शल्यक्रिया गर्न सजिलो हुने नैना हस्पिटलका प्रमुख बृज मोहन रजकले  जानकारी दिएका छन्  । पत्रकार सम्मेलनमा बोल्दै डा.रजकले  आर्थिक रुपले बिपन्न ब्यक्तीको निम्ति विशेष लाभदायिक होस् भन्ने आफूले चाहेको यस्तो प्राविधि अस्पतालले प्रयोगमा ल्याएको   उनले बताए ।

ल्यास्कोपीकोबाट पनि शल्यक्रिया गर्न सकिन्छ भन्ने आम मानिसमा जानकारी नभएको अबस्थामा यस किसिमको कार्यक्रमले विशेष राहत प्रदान गर्ने डा रजकले बताए ।

यता , अतिथिका रुपमा आमन्त्रित प्रादेशिक अस्पताल जनकपुरका मेसु राम नरस पण्डितले जनकपुरको लागि यस्तो प्रबिधि प्रयोग हुनु गौरबको विषय भएको बताएका छन्  ।

ल्याप्रोस्कोपीको मध्यमबाट अधिक बिरामीले उपचार गर्दा खर्च कम र जोखिम समेत कम हुने  उनको तर्क छ  ।

कार्यक्रममा जनकपुरका स्त्री रोग विशेषज्ञ चिकित्सक आर एन झा लगाएतका चिकित्सक  सँगै बुधिजिबी ,पत्रकार र स्वस्थ्य सरोकारबालाहरुको  सहभागिता  रहेको थियो ।