महेन्द्रनगरमा निःशुल्क दुई दिने स्वास्थ्य शिविर हुँदै

  |

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भईरहेको छ । क्षिरेश्वरनाथ नगरपालिका स्वास्थ्य शाखा द्धारा आयोजित वृहत निःशुल्क स्वास्थ्य शिविर आज बैशाख १४ र १५ गते दुई दिन सम्म संचालन रहने स्वास्थ्य शाखा प्रमुख राम बहादुर यादवले जनकारी दिएका छन । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित पि.एच.सि.मा संचालित निःशुल्क स्वास्थ्य शिविरको शुक्रवार क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जिवछ मण्डलको अध्यक्षता र नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यातामा आयोजित एक कार्यक्रम विच विधिवत सुरुवात गरिएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा जेनरल फिजिसियन डा.पंकज कुमार साह, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.किरण यादव, डा.बृजमोहन कुमार रजक, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.राम विनय चौधरी, डा.सरोज भगत, जेनरल सर्जन डा.सुजित यादव, बाल रोग विशेषज्ञ डा.विश्वनाथ शर्मा, डा.वृज यादव, मानसिक रोग विशेषज्ञ डा.रोविन झा, चर्मरोग तथा यौन रोग विशेषज्ञ डा.राम ज्ञान यादव, डा.जोत्सना यादव, डा.नितेश अधिकारी, मुख तथा दाँत रोग विशेषज्ञ डा.उमेश कुमार यादव, डा.रवि रन्जन रजक, डा.निशा महासेठ, डा.अम्बिका यादव, नाक, कान घाँटी रोग विशेषज्ञ डा.संतोष साह, आँखा रोग विशेषज्ञ डा.सविन साहु र रेडियोलोजिष्ट डा.सुरज मिश्र लगायतका डा.हरु द्धारा दुईदिन सम्मा निःशुल्क सेवा दिइने जनस्वास्थ्य निरिक्षक सँगै शिविरका सह संयोजक शिव कुमार नायकले जनकारी दिएका छन ।

निःशुल्क स्वास्थ्य शिविरको उदघाटन सत्रमा विशिष्ठ अतिथी क्षिरेश्वरनाथ नगरपालिका प्रमुख प्रशाश्किय अधिकृत राम उदगार अधिकारी, अतिथीहरु वडा नम्बर ३ का अध्यक्ष जय किशोर सिंह, वडा नम्बर ७ का अध्यक्ष मुवारक कवारी, वडा नम्बर ९ का अध्यक्ष अवध किशोर यादव, विभिन्न विभागका डा.हरु, स्थानिय बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।

दुई दिन सम्म  चल्ने निःशुल्क स्वास्थ्य शिविरमा रगत, दिशा, पिशाव, भिडियो एक्सरे, इ.सि.जी.र औषधी, जाँच निःशुल्क गर्नुको साथै हाइड्रोसिल, पाठेघरको अप्रेशन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा निःशुल्क गरिने व्यव्स्था गरिएको सँगे नगरको वासिन्दाहरुको स्वास्थ्य अवस्था वारे पनि जनकारी लिन वृहत स्वास्थ्य संचालन गरिएको स्वास्थ शाखाले जनाएको छ ।